विविध

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन ६ गते न्यूयोर्क जाँदै बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) असोज ६ गते न्युयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन ६ गते न्युयोर्क जाने भएका हुन् ।  महासभामा सम्बोधन गर्न छोटो अवधिका लागि न्युयोर्क जान लागेका बालेन असोज ९ गते स्वदेश फर्किनेछन् ।  महासभामा प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनले नेपालमा गरेको असर र क्षतिका बारेमा ध्यानाकर्षणContinue…

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) असोज ६ गते न्युयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन ६ गते न्युयोर्क जाने भएका हुन् । 

महासभामा सम्बोधन गर्न छोटो अवधिका लागि न्युयोर्क जान लागेका बालेन असोज ९ गते स्वदेश फर्किनेछन् । 

महासभामा प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनले नेपालमा गरेको असर र क्षतिका बारेमा ध्यानाकर्षण गराउनेछन् । प्रधानमन्त्रीसहित १० जनासम्मको प्रतिनिधिमण्डल न्युयोर्क जाने कार्यक्रम तय भएको छ ।

यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको प्रतिनिधिमण्डल जाने कार्यक्रम तय भएको थियो । तर, भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री नै महासभामा सहभागी हुन लागेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।