विविध

राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा बाढीपीडितका लागि १ करोड ३८ लाख सहयोग

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि झण्डै डेढ करोड सहयोग गरेका छन् ।  भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि भन्दै राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सो को जानकारी गराएको छContinue…

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि झण्डै डेढ करोड सहयोग गरेका छन् । 

भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि भन्दै राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सो को जानकारी गराएको छ । 

सहयोगस्वरुप राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले दिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

उक्त सहयोग रकम राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत)को तर्फबाट प्रदान गरिएको राष्ट्र बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।