विविध

नेपालीलाई अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनीले भने- ‘यो दुःखको भारी बोक्न तपाईंहरु एक्लै हुनुहुन्न’

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै उनले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।  ‘आज नेपालले राष्ट्रिय शोक मनाइरहेको छ ।’, सम्बोधनका क्रममा उनले भने, ‘यो दुःखको भारी बोक्न तपाईंहरु एक्लै हुनुहुन्न ।’ नेपालकोContinue…

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै उनले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् । 

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहेको छ ।’, सम्बोधनका क्रममा उनले भने, ‘यो दुःखको भारी बोक्न तपाईंहरु एक्लै हुनुहुन्न ।’

नेपालको बाढीमा ३६ जना अस्ट्रेलियाली नागरिक बेपत्ता भएको बताउँदै उनले हरेक दिन बेपत्ताहरु भेटिने आश चमत्कारजस्तै भएको पनि बताएका छन् । 

यो विपद्को घडीमा नेपाल एक्लै नभएको भन्दै उनले हरेक क्षणमा आवश्यक सहयोग गर्न अस्ट्रेलिया तयार रहेको पनि बताएका छन् । उनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्तामार्फत अस्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेको पनि जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।