विविध

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ३ जना पक्राउ

काठमाडौँ । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँको रातोपुल नजिक मासु पसल खोलेर खसीको भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा भारतको सितामणी घर भई हाल काठमाडौँ रातोपुल बस्दै आएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुणContinue…

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौँ । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँको रातोपुल नजिक मासु पसल खोलेर खसीको भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारतको सितामणी घर भई हाल काठमाडौँ रातोपुल बस्दै आएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र हेटौँडाका २१ वर्षीय सुजन रसाइली रहेका छन् । 

खसीको भन्दै प्रतिकिलो १८ सय रुपैयाँमा बाख्रीको मासु बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई बाख्रीको मासु र काट्न ठिक्क पारेको बाख्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।